धनगढीमा पनि डिशहोम फाइबरनेट सह वितरकको सोरुम उद्घाटन

धनगढीमा पनि डिशहोम फाइबरनेट सह वितरकको सोरुम उद्घाटन

लोकसंवाद संवाददाता  |  कारोबार  |  माघ २४, २०७८

धनगढीको चटकपुरमा डिशहोम फाइबरनेट सह वितरकको सोरुम उद्घाटन भएको छ । डिशहोम फाइबर नेट बिक्री तथा विक्रीपछिको सेवा प्रदान गर्न सो सोरुमको सञ्चालन गरिएको हो । सो सो रुमको सञ्चालन कृष्ण इन्टरप्राइजेजले गर्नेछ । सो रुम उद्घाटन, डिशहोमका तर्फबाट सेल्स अफिसर कमल रिमाल र सेल्स अफिसर लक्ष्मी राज जोशीको उपस्थितिमा सम्पन्न भएको थियो ।

विगत लामो समय देखि डिश मिडिया नेटवर्कसँग सहकार्य गरी डिशहोमको डिटिएच सेवा ग्राहकहरूमाझ पुर्‍याउँदै आएको श्री कृष्ण इन्टरप्राइजेजले अब डिशहोम फाइबरनेट बिक्री र बिक्रीपछिको सेवा नयाँ सो रुममार्फत दिनेछ ।

१ सय भन्दा धेरै ग्राहकलाई डिशहोम फाइबरनेटको सेवा उपलब्ध गराइसकेको श्री कृष्ण इन्टरप्राइजेजले अव अझ बढी ग्राहकहरूको माझ पुग्नको लागि पनि यस नयाँ सोरुमले मद्दत गर्ने श्री कृष्ण इन्टरप्राइजेज सञ्चालक सुरेश पाठकले जानकारी दिए ।