दिल्लीमा नेपाली महिलामाथि सामूहिक बलात्कार

दिल्लीमा नेपाली महिलामाथि सामूहिक बलात्कार

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ३, २०७६

नयाँदिल्ली । भारतको राजधानी नयाँदिल्लीबाट मुम्बईका लागि हिँडेकी २२ वर्षीय नेपाली महिलामाथि सामूहिक बलात्कार भएको छ । दिल्लीको द्वारकामा आइतबार राति चारजनाले बलात्कार गरेको प्रहरीले जनाएको छ । ती महिला मुम्बई पुगेपछि मात्र घटना बाहिर आएको हो । घटनालाई लिएर मुम्बईको ओसिवारा पुलिस थानामा एफआईआर दर्ता भएको छ । 

प्रहरी अनुसन्धानमा ती महिला मुम्बईमा रहेका आफ्ना दाजुलाई भेट्न भन्दै ९ मेमा चितवनबाट नयाँदिल्लीका लागि हिँडेको खुलेको छ । उनी ११ मेमा बसबाट दिल्ली आइपुगिन् । दिल्ली पुगेपछि उनले मुम्बई जाने बस कहाँ छ भनेर सोधपुछ गर्न थालिन् । त्यही क्रममा एक जनाले द्वारकाबाट जान्छ भनेपछि उनी द्वारका पुगिन् । द्वारकामा उनी एक फलफूल पसलेको सम्पर्कमा पुगिन् ।

पसलेले उनलाई मुम्बईमा पठाइदिन्छु र आवश्यक व्यवस्था गरिदिन्छु भनेर आश्वासन दियो । साँझ पर्दै गएपछि रातिको समयमा बाहिर बस्नु हुँदैनभन्दै आफ्नो कोठामा जान अनुरोधगर्‍यो । मुम्बई पठाइदिन्छु भन्ने आश्वासन पाएकी ती महिलालाई थाहा थिएन, रक्षकका रूपमा प्रस्तुत भएको व्यक्ति नै केहीबेरमाभक्षक हुन्छ भन्ने । नजिकैको कोठामा लगेपछि उसले बलात्कार गर्‍यो । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।