सुनकाे मूल्य तोलामा ५०० रुपैयाँले बढ्यो

सुनकाे मूल्य तोलामा ५०० रुपैयाँले बढ्यो

लोकसंवाद संवाददाता  |  कारोबार  |  माघ २५, २०७८

मंगलबार नेपाली बजारमा सुनकाे मूल्य ताेलामा ५०० रुपैयाँले बढेको छ ।

नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको ९३ हजार १०० रुपैयाँ कायम भएको छ । सोमबार तोलाको ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी मंगलबार तेजावी सुनको भाउ तोलाको ९२ हजार ६०० रुपैयाँ निर्धारण भएको छ । 

चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ  । सोमबार १ हजार २५५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार  प्रतितोलामा १ हजार २६० रुपैयाँ  निर्धारण भएको छ ।