कमल थापाद्वारा पार्टी परित्यागको घोषणा

कमल थापाद्वारा पार्टी परित्यागको घोषणा

लोकसंवाद संवाददाता  |  समाचार  |  माघ २५, २०७८

राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले पार्टी परित्यागको घोषणा गरेका छन । 

अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो मागको सम्बोधन नगरेको भन्दै असन्तुष्ट रहेका थापाले पार्टी परित्यागको घोषणा गरेको केन्द्रीय सदस्य अभिषेक थापाले जानकारी दिए । 

अभिषेकका अनुसार आज गृहनगर हेटौँडामा आयोजित एक कार्यक्रममा उनले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।