पाँच हजार किलो भन्सार छली लान लागिएको केराउसहित ट्रक चालक पक्राउ

पाँच हजार किलो भन्सार छली लान लागिएको केराउसहित ट्रक चालक पक्राउ

लोकसंवाद संवाददाता  |  समाचार  |  माघ २५, २०७८

कपिलवस्तु । यशोधरा गाउँपालिका–७ मर्यादपुरबाट करिब पाँच लाख रुपैयाँ मूल्य बराबरको पाँच हजार किलो केराउसहित प्रहरीले युपि५५टि २२९५ नम्बरको ट्रकका चालकलाई पक्रेको छ । ट्रकका चालक भारत सिद्धार्थनगर ग्राम इटवाका २७ वर्षीय धनप्रकाश अग्रहरीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो । 

नेपालबाट भारतको इटवातर्फ जाँदै गरेको उक्त ट्रकलाई प्रहरी चौकी मर्यादपुरबाट खटिएको टोलीले पक्रेको । बरामद केराउ र ट्रकसहित चालकलाई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय सुठौली पठाएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।