महेन्द्रनगरमा डिशहोमकाे डिलर दाइ सम्मान

महेन्द्रनगरमा डिशहोमकाे डिलर दाइ सम्मान

लोकसंवाद संवाददाता  |  कारोबार  |  माघ २५, २०७८

कंचनपुर ।  डिशहोमले आफ्ना ‘डिलर दाइ’हरूलाई सम्मान गरेको छ।  महेन्द्रनगर  सर्विस सेन्टरमा एक कार्यक्रम आयोजना गरेर उनीहरूलाई सम्मान गर्नुका साथै पुरस्कार वितरणसमेत गरिएको कम्पनीले जनाएको छ। 

महेन्द्रनगरमा डिशहोम र डिशहोम फाइबर नेटको बिक्री र बिक्रीपछि ग्राहकलाई उत्कृष्ट सेवा पुर्‍याउने अत्तरियाका एस। के। लाइट हाउस , अत्तरियाका उग्रतारा बिजुली भण्डार , धनगढीका लामा ट्रेडर्स, महेन्द्रनगरका के. पि. इन्टरप्राइजेज, पुनर्वासका अधिकारी इलेकट्रोनिक्स, वाणीका आर्या ईलेक्ट्रोनिकलाई उपहार स्वरूप एकाएक थान ल्यापटप प्रदान गरिएको छ।

साथै बिक्रीपछिको उत्कृष्ट सेवा प्रदान गर्ने डिलर दाइहरूलाई कम्पनीका सेल्स अफिसर कमल रिमालले प्रशंसा पत्रसहित सम्मान गरेका छन्। कार्यक्रममा  कैलाली  र कंचनपुरका डिस्ट्रिब्युटर, डिलर  दाइहरू र कम्पनीका क्षेत्रीय प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।  

डिशहोम फाइबरनेटले ग्राहकको आवश्यकता अनुरूप आकर्षक र सहुलियत मूल्यमा  विभिन्न प्याकेजहरू ल्याएको जनाएको छ। कम्पनीका अनुसार डिश होम प्रयोग गरिरहेका ग्राहकलाई १० एमबीपीएस निःशुल्क इन्टरनेट सुविधादेखि ६०० एमबीपीएससम्मको प्याकेज उपलब्ध रहेको छ।