स्रोत नखुलेको करिब ७० लाख रुपैयाँसहित एक जना पक्राउ

स्रोत नखुलेको करिब ७० लाख रुपैयाँसहित एक जना पक्राउ

लोकसंवाद संवाददाता  |  अपराध  |  माघ २६, २०७८

काठमाडौं महानगरपालिका- १६ बालाजु बाइपासबाट स्रोत नखुलेको ६९ लाख ९९ हजार रुपैयाँसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नुवाकोट ककनी गाउँपालिका- ३ चाउथे घर भएका २९ वर्षीय नवराज ढुंगाना छन् । उनलाई मंगलबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  

विशेष सूचनाको आधारमा महानगरीय प्रहरी कार्यालय रानीपोखरी र महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।