पाँचथरको सदरमुकाम फिदिममा च्याब्रुङ नाचको प्रशिक्षण सुरु

पाँचथरको सदरमुकाम फिदिममा च्याब्रुङ नाचको प्रशिक्षण सुरु

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  माघ २७, २०७८

पाँचथर ।पाँचथरको सदरमुकाम फिदिममा च्याब्रुङ (केःलाङ्) नाच प्रशिक्षण सुरु भएको छ । 

आदिवासी जनजाति भवनमा लिम्बू जातिको संस्कृतिक नाच केःलाङ् (च्याब्रुङ)  नाच प्रशिक्षण सुरु भएको हो  ।

फिदिम नगरपालिका ४ को आर्थिक सहयोगमा प्रशिक्षण भइरहेको प्रशिक्षणमा  ४० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ । प्रशिक्षणको सहजीकरण केःलाङ साँस्कृतिक समाज पाँचथरका जोनहाङ केरुङ, दिनेश केरुङ र रिम्पल केरुङले गरिरहेका छन् । लिम्वु जातिको साँस्कृतिक नाच केःलाङ् (सांस्कृतिक नाच) को संरक्षण र सम्बर्द्धन गर्ने उद्देश्यले उक्त प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको केःलाङ् साँस्कृतिक समाज पाँचथरका कोषाध्यक्ष सुरेन्द्र केरुङले बताए ।

च्याब्रुङ लिम्बू जातिको आदिम बाजा हो । लिम्बू लोक साहित्य र संस्कृतिका अध्येता मधुराज केरुङका अनुसार केः (च्याब्रुङ) बाजा पहिलोपल्ट ताप्लेजुङ जिल्लामा रहेको केधिङ्तेम्बे भन्ने स्थानमा निर्माण गरिएको हो । मुन्धुम अनुसार साप्रिबा र लेम्ब्रिबा दुई जना साथीहरूले केक्वा ९खेलाउना० बनाएर खेलाउँदा आवाज आयो र त्यहीबाट च्याब्रुङ बनेको केरुङले बताए । च्यावु्रङको प्रयोग लिम्बू समुदायमा सुखको कार्यमा गरिन्छ ।