त्रिविमा १ फागुनदेखि भौतिक उपस्थितिमै पठनपाठन, राेकिएका परीक्षा नियमित

त्रिविमा १ फागुनदेखि भौतिक उपस्थितिमै पठनपाठन, राेकिएका परीक्षा नियमित

लोकसंवाद संवाददाता  |  शिक्षा  |  माघ २७, २०७८

त्रिभुवन विश्वविद्यालयले आगामी १ फागुनदेखि भौतिक उपस्थितिमै पठनपाठन गर्ने निर्णय गरेको छ ।

बिहीबार त्रिवि रजिस्ट्रार कार्यालयले सूचना जारी गरी पठनपाठन, परीक्षालगायत कार्यालयका सम्पूर्ण काम भौतिक उपस्थितिमै संचालन गर्ने जनाएको छ ।

कोरोनाको तेस्रो लहर सुरु भएसँगै त्रिविले गत ९ माघदेखि विभिन्न तहका परीक्षासमेत स्थगित गरेको थियो । मंगलबार बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले १ फागुनदेखि पठनपाठन र रोकिएका परीक्षा संचालन गर्ने निर्णय गरेको हो ।