डिशहोम फाइबर नेट : वाई–फाई ६ सहितको ६०० एमबीपिएसको इन्टरनेट प्रदान गर्ने

डिशहोम फाइबर नेट : वाई–फाई ६ सहितको ६०० एमबीपिएसको इन्टरनेट प्रदान गर्ने

लोकसंवाद संवाददाता  |  कारोबार  |  माघ २७, २०७८

काठमाडौँ ।  डिशहोम फाइबरनेटले ६०० एमबीपिएस स्पीड भएको मेगा–फाई ईन्टरनेट प्रदान गर्ने भएको छ ।

डिशहोमले हाई स्पीड ईन्टरनेट प्रयोगकर्ताहरुको लागि ३०० र ६०० एमबीपिएस स्पीडको ईन्टरनेट प्याकेज ल्याएको छ । नेपालमा नै पहिलो पटक लेटेस्ट वाईफाइ टेक्नोलोजीको  वाईफाइ ६  राउटर र मेस नोड मार्फत ग्राहकहरुले हाई स्पीड ईन्टरनेटको मज्जा लिन सक्ने छन् ।

डिशहोमले ल्याएको वाई–फाई राउटर अहिले बजारमा पाइने  राउटर भन्दा ४ गुणा फास्टार स्पीडमा चल्ने कम्पनीले दाबी गरेको छ । (Artificial Intelligence), Gigabit Access, Dual-band Smart Steering, Seamless Roaming, Multi-Level Protection, More Connection & Mesh Networking जस्ता विशेषताहरु वाई–फाई ६ राउटरमा रहेको छ ।