शशी किराँतीको पूर्वेली लोकगीत ‘हातैको रुमाल’  म्युजिक भिडियो बजार (भिडियोसहित)

शशी किराँतीको पूर्वेली लोकगीत ‘हातैको रुमाल’  म्युजिक भिडियो बजार (भिडियोसहित)

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  माघ २७, २०७८

काठमाडौँ । संखुवासभा सिलिचोङ निवासी  शशी किराँतीको मीठो पूर्वेली लोकगीत ‘हातैको रुमाल’ बजारमा ल्याइएकाे छ । 

सङ्खुवासभा सिलिचोङ गाउँपालिका माङ्तेवामा जन्मेकी हुन् गायिका शशी किराती । मोफसलमा रहे पनि विगत दुई वर्षदेखि नेपाली गीत–सङ्गीत क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएकी छिन् ।

छोटै अवधिमै  दुई  दर्जनभन्दा बढी गीतहरू रेकर्ड गराइसकेकी गायिका शशी काे  ‘हातैको रुमाल’ मा जीवन मुकारुङको पुरुष स्वर रहेको छ । भिडियोलाई  अफिसियल युट्युब च्यानल ‘शशि किराँती’मार्फत सार्वजनिक गरिएको हो ।

जुन गीतको शब्द/सङ्गीत जीवन मुकारुङको रहेको छ भने गीतको एरेन्ज पदम रजन मगरले गरेका छन् । रेकर्डिङ, मिक्सिङ र मास्टरिङ सेवा रेकर्डिङ स्टुडियोमा गरिएको छ । भिडियोलाई योगेन मुकारुङले खिचेका हुन् भने जीवन मुकारुङले सम्पादन गरेका छन् ।

‘हातैको रुमाल’  म्युजिक भिडियो यहाँ क्लिक गरेर हेर्न सकिन्छ