मधेस प्रदेश: मौलिकलोकबाजा प्रशिक्षण सर्लाहीमा

मधेस प्रदेश: मौलिकलोकबाजा प्रशिक्षण सर्लाहीमा

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  माघ २७, २०७८

सर्लाही । मधेस प्रदेश स्तरीय मौलिक लोकबाजा प्रशिक्षण सर्लाही हरिवनमा सुरु भएको छ । दश दिने ढोलक, मादल प्रशिक्षणमा विभिन्न आठ जिल्लाबाट प्रशिक्षार्थीहरूको सहभागिता रहेको छ ।

माघ २५ देखि फागुन ५ गते सम्म सञ्चालन गरिने  प्रशिक्षणमा  प्रशिक्षार्थीलाई लोकबाजाको परम्परागत पृष्ठभूमि र क्षेत्रीय समुदायसँगको धार्मिक, सांस्कृतिक सम्बन्धबारे जानकारी दिने, बाजा बन्ने, बनाउने र सुर मिलाउने तरिका, पूर्वीय तथा पश्चिमी सङ्गीतको प्रारम्भिक ज्ञान, मेट्रोनममा बाध्य वादन अभ्यास सुरुवात, बाजाअनुसारको सङ्गीत संयोजन गरी त्यसैअनुसार अभ्यास, सुरताल बोल स्वरलिपिमा लेखन अभ्यास गराइने नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान सङ्गीत विभाग प्रमुख प्राज्ञ अशोककुमार राईले उद्घाटन कार्यक्रममा जानकारी गराउनुभयो ।

प्रदेश सांसद, समाजसेवी, सांस्कृतिक कर्मी तथा स्थानीय व्यवस्थापकको उपस्थितिमा कार्यक्रम उद्घाटन गरिएको हो ।

यस अघि नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले बागमती र प्रदेश नं १  स्तरीय मौलिक लोकबाजा प्रशिक्षण  कार्यक्रम सम्पन्न गरिसकेको छ ।  ।