सुन प्रतितोला ९४ हजार रुपैयाँ

सुन प्रतितोला ९४ हजार रुपैयाँ

लोकसंवाद संवाददाता  |  कारोबार  |  माघ २८, २०७८

सुन-चाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेर ९४ हजार रुपैयाँ पुगेको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला ९३ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुन-चाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५०० रुपैयाँ कायम भएको छ, जसको मूल्य बिहीबार प्रतितोला ९३ हजार ४०० रुपैयाँ तोकिएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला १ हजार २८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । महासंघले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ८२४ डलर आसपास कारोबार भइरहेको छ ।