धादिङमा ५ रेक्टरको भूकम्प

धादिङमा ५ रेक्टरको भूकम्प

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ३, २०७६

काठमाडौं । धादिङमा भूकम्पको धक्का महसुस गरिएको छ । 

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार धादिङको कुम्पुर केन्द्र बनाएर ५ रेक्टरको भूकम्प गएको हो । 

केन्द्रका अनुसार २ बजेर ८ मिनेट जाँदा भूकम्प गएको हो । यसको क्षतिबारे भने जानकारी नभएको गृह मन्त्रालयले जनाएको छ ।