पॉचथरको कुम्मायक गॉउ पालिका यासोक बजारमा भएको आगलागी नियन्त्रणमा

पॉचथरको कुम्मायक गॉउ पालिका यासोक बजारमा भएको आगलागी नियन्त्रणमा

लोकसंवाद संवाददाता  |  समाज  |  फाल्गुन १, २०७८

पॉचथर ।    पॉचथरको कुम्मायक गॉउ पालिका केन्द्र यासोक बजारमा भएको आगलागी नियन्त्रणमा आएको छ । आगो स्थानीय बासिन्दा र प्रहरीले नियन्त्रणमा लिएका हुन । 

आगो नियन्त्रणका लागि सदरमुकामबाट गएका २ वटा दमकल सहित प्रहरी,नेपाली सेना र सशस्त्र प्रहरीको टोली पुग्नु अगाबै स्थानीयले आगो नियन्त्रणमा लिएका थिए ।

सॉझ पौने ८ बजे स्थानीय झरेन्द्र खतिबडाको घरबाट शुरु भएको आगलागी एकघण्टा पश्चात नियन्त्रणमा आएको हो । आगलागीका कारण खतिवडाको घर र इलेक्ट्रोनिक पसल सहित घरभित्रका सबैखाले सामग्री नष्ट भएका छन ।  आगलागी के कारणले भएको हो त्यो भने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय पॉचथरका प्रमूख राकेश थापाले जानकारी दिए । 

काठपात र टिनको छानो भएको घर खरानी भएपनि छिमेकमा रहेको पक्की घरले छेक्दा बजारका अन्य घरमा फैलन नपाएको स्थानीयले बताएका छन ।