जनसांस्कृतिक महासंघ समाजवादी रुपन्देहीमा माधव पन्थ

जनसांस्कृतिक महासंघ समाजवादी रुपन्देहीमा माधव पन्थ

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  फाल्गुन १, २०७८

रुपन्देही । नेकपा (एकीकृत समाजवादी) निकट जन सांस्कृतिक महासंघ समाजवादी रुपन्देही गठन भएको छ । माधव पन्थको अध्यक्षतामा १६ सदस्यीय जिल्ला समिति गठन भएको हो । 

महासंघको उपाध्यक्षमा मुकेश गुरुङ, सचिवमा नवीन गुरुङ, कोषाध्यक्षमा पुनम थापा रहेका छन् । यसैगरी सदस्यहरूमा केशव घिमिरे , रवि क्षेत्री ,, प्रवीण रसाइली, भोसु यादव, उमेश पटेल, महेन्द्र गुरुङ, आशिष् थापा , नीराजन थापा , सन्तोष गुरुङ , समिता वि.क., सवीना सुनार र भुवन खड्का रहेका छन् ।

भेलालाई सम्बोधन गर्दै  कार्यक्रमका प्रमुख अतिथि पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष राजु गुरुङले सामाजिक रूपान्तरणको अभियानमा सामेल हुन अपिल गरे । उनले नेपालको कम्युनिस्ट आन्दोलनमा देखा विचलन र कम्युनिस्ट विचारको रक्षाका लागि एकीकृत समाजवादीमा आबद्ध हुनेहरू दैनिक रुपमा वृद्धि भइरहेको बताए ।

उनले समाज रूपान्तरणका लागि सांस्कृतिक क्षेत्रको उल्लेख्य योगदान रहने बताए । जनसांस्कृतिक  महासंघ समाजवादी रुपन्देहीका इन्चार्ज शेरजंग गुरुङको अध्यक्षतामा बसेको भेलामा नेकपा एकीकृत समाजवादी रुपन्देहीका सचिव अविरा वि.क., बुटवल नगरअध्यक्ष चिन बहादुर गुरुङ, अखिल नेपाल महिला संघ रुपन्देहीका उपाध्यक्ष आशा चौधरी, नेताहरू राजेन्द्र पाण्डे, नन्दी किशोर खरेल, माधव पन्थ, वामदेव भण्डारी लगायतले बोल्दै नवनिर्वाचित कमिटीलाई शुभकामना दिएका थिए ।