बनायो प्रगतिशील प्राध्यापक संगठन नेपालले १२१ सदस्यीय राष्ट्रिय सम्मेलन आयोजक कमिटी

बनायो प्रगतिशील प्राध्यापक संगठन नेपालले १२१ सदस्यीय राष्ट्रिय सम्मेलन आयोजक कमिटी

लोकसंवाद संवाददाता  |  शिक्षा  |  फाल्गुन १, २०७८

काठमाडौँ ।  नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) निकट प्राध्यापकहरूको छाता संगठन प्रगतिशील प्राध्यापक संगठन नेपालको पहिलो भेला सम्पन्न भएको छ । शनिवार राजधानीस्थित रत्न राज्य लक्ष्मी क्याम्पस प्रदर्शनी मार्गमा आयोजित भेलाले १२१ सदस्सीय अधिवेशन आयोजक कमिटी चयन गरेको छ । 

कार्यक्रममा बोल्दै सल्लाहकार परिषद्का सदस्य प्राध्यापक विजयबहादुर सिलवालले कोभिडको समयमा पनि निरन्तर कार्य गर्ने टास्क फोर्सलाई बधाई दिए । उनले पुरानो कार्यसमिति भंग गरी नयाँ कार्य समितिलाई अनुमोदन गर्न अनुरोध गरे ।

भेलामा बोल्दै नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्य तथा संघीय सांसद प्रा.डा. पुष्पा कर्णले पार्टी र सांसद दुवैलाई प्राध्यापकहरूले सहयोग गर्नुपर्ने बताइन् । उनले भनिन् -नवौँ महाधिवेसमा नीति बनाउने मान्छे नेतृत्वमा नपुगी अराजकहरूको नाइके पार्टीको नेतृत्वमा पुगेका कारण सिंगो कम्युनिस्ट आन्दोलन धराशायी भयो । उनले अहिले हाम्रो उपस्थिति कम भए पनि क्रिम उपस्थिति भएकाले भोलिको कम्युनिस्ट आन्दोलनको नेतृत्व एकीकृत समाजवादीले नै गर्ने बताइन् ।

पार्टी केन्द्रीय सदस्य तथा प्रगतिशील प्राध्यापक संगठनकी पूर्व उपाध्यक्ष प्रा.डा. बिन्दु आचार्यले अहिले हामी पार्टी निर्माणको संगीन चरणमा  रहेको बताइन् । उनले प्रगतिशील प्राध्यापक संगठनले गतिशील ढंगले काम गर्न थालिसकेको बताइन् । उनले केपी ओलीको शासनलाई राणा शासनसँग तुलना गर्दै ओली शासनको अवसान पनि दुखद हुने बताइन् । ओलीले टिके प्रथाबाट दिएका पद धारण गरेका हुक्के९भारदारको पतन निश्चित भएको उनको भनाइ रहेको थियो । 

कार्यक्रमका सभापति प्राध्यापक डाक्टर गोविन्द सुवेदीले कार्यक्रमको अध्यक्षता गर्दै केपी ओलीको नेतृत्वमा एमाले दक्षिणपन्थी भासमा भासिएकाले विद्रोह गर्नुपरेको बताए । 

कार्यक्रममा स्वागत मन्तव्य राख्दै टास्क फोर्स, एकीकृत प्रगतिशील प्राध्यापक संगठन नेपालका सदस्य डाक्टर ढाकाराम सापकोटाले केपी ओलीका कारणले देश अहिले जटिल मोडमा पुगेको बताए । करिब दुईतिहाई नजिकको नेकपाको सरकार ढल्नुपर्ने अवस्थामा पुग्दा समेत केही प्रगतिशील प्राध्यापकले टिके प्रथालाई बढुवा दिएको बताए । 

त्यसैगरी पब्लिक क्याम्पसका तर्फबाट प्रतिनिधित्व गर्दै डाक्टर वेदबहादुर कुँवरले टिके प्रथा विरुद्धको घमासान युद्धमा होमिन यस संगठनकमे आवश्यकता रहेको बताए । उनले भने, विधिको शासन सञ्चालनमा आगामी दिनमा हामीले महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्नुपर्ने भएको छ ।टुटाका केन्द्रीय सदस्य टिकाराम ढकालले कोभिड महामारीका कारण अधिवेशन रोकिए पनि चाँडै नयाँ नेतृत्व चयन गरिने विश्वास व्यक्त गरे । 

नेपाल बुद्धिजीवी परिषद्का सचिव केबी खड्काले गरे हुन्छ भन्ने आत्मविश्वास राखेर साबिक एमालेसँग विद्रोह गरेर एकीकृत समाजवादीले स्वाभिमानी  वामपन्थीशिर उच्चो राखेको बताए । उनले भने, प्रगतिशील वामपन्थी संगठनले आगामी दिनमा अरूका भन्दा प्रगतिशील कार्यक्रम ल्याउन गति बढाउन अग्रसर हुनुपर्छ । विश्वविद्यालयमा कार्यरत प्राध्यापकको नियुक्तिमा समेत अपेक्षाभन्दा फरक भएकाले हाम्रा साथीहरूलाई सही ठाउँमा पुर्‍याउन सहयोग गर्ने विश्वास व्यक्त गर्न चाहन्छु ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै अनेरास्ववियूका उपाध्यक्ष माधव पन्तले फागुन १ गते देशैभर एमसीसी सम्झौताविरुद्ध आन्दोलन गरिने बताए । उनले भने, विश्वविद्यालयलाई ज्ञानको भण्डारका रूपमा विकास गर्न समाजवादी सम्बद्ध प्राध्यापकहरूको महत्त्वपूर्ण भूमिका रहनेमा अनेरास्ववियू विश्वस्त छ ।

पार्टी केन्द्रीय सदस्य तारा जोशीले पार्टीको संगति र विचार निर्माणमा प्राध्यापकहरूले नै दिशा निर्देश गर्ने भएकाले जिम्मेवारीपूर्ण कार्य गर्नेमा विश्वास व्यक्त गरे । उनले भने, तपाईँहरूको यो उपस्थितिमा म गर्व गर्छु, तपाईँहरूको यत्तिको उपस्थिति नै हाम्रो पार्टी बलियो हुन्छ भन्नेमा शंका छैन । तपाईँहरूकै सहयोगमा हामी एकीकृत समाजवादी पार्टीको तर्फबाट समाजवादी केन्द्रीयताको नयाँ आयाम थप्न सक्छौँ ।   

कार्यक्रममा सल्लाहकार परिषद्का सदस्य प्राध्यापक विजयबहादुर सिलवाल, पार्टीका केन्द्रीय सदस्य तारा जोशी, पार्टी केन्द्रीय सदस्य तथा संघीय सांसद प्राडा पुष्पा कर्ण, केन्द्रीय सदस्य प्राडा बिन्दु शर्मा, अनुशासन आयोगका सदस्य प्राडा टेकनाथ गुरागाईँ भोला भट्टराई, रुद्रप्रसाद पौडेल, नरेन्द्र भट्टराई लगायत १००  भन्दा बढी प्राध्यापकको उपस्थिति रहेको थियो ।