एसिया कप ह्विलचेयर क्रिकेट : जितविहीन हुँदै बाहिरियो नेपाल

एसिया कप ह्विलचेयर क्रिकेट : जितविहीन हुँदै बाहिरियो नेपाल

लोकसंवाद संवाददाता  |  खेलकुद  |  जेठ ३, २०७६

काठमाडौं । एसिया कप ह्विलचेयर टि–ट्वान्टी क्रिकेटमा नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । शुक्रबार पाकिस्तानसँग १ सय ३० रनको फराकिलो अन्तरले पराजित भएसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो । 

चालू प्रतियोगितामा तीन वटै खेलमा नेपालले जित निकाल्न सकेन । यसअघि नेपाल पहिलो खेलमा भारतसँग र दोस्रो खेलमा बंगलादेशसँग पराजित भएको थियो ।  

कीर्तिपुरस्थित टियु मैदानमा २ सय ७० रनको फराकिलो लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै १ रन ३९ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि कप्तान दिगम सिंह चेम्जोङले सर्वाधिक ४६ रनको योगदान गरे । त्यस्तै, सागर पाण्डेले ३० रन बनाउँदा होमनाथ राईले १६ र डम्बर मगरले १३ रनको जोडे । 

बलिङतर्फ पाकिस्तानका लागि मोहमद फाइजले द्ुई विकेट लिए । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ६९ रनको योगफल तयार पारेको थियो ।

पाकिस्तानका लागि मोहमद लातिफले सतक तथा अलि अब्बासीले अर्धशतकीय पारी खेले । मोहमदले १ सय ४६ रनको योगदान गरे । यस्तै, साजद अलि अब्बासीले ६२ रन बनाउन सफल भए ।

बलिङतर्फ नेपालका यामबहादुर श्रेष्ठ र डम्बर मगरले समान एक विकेट लिए ।