जर्मन बुन्डेसलिगाः बायर्न पराजित

जर्मन बुन्डेसलिगाः बायर्न पराजित

लोकसंवाद संवाददाता  |  खेलकुद  |  फाल्गुन १, २०७८

काठमाडौँ । जर्मन बुन्डेसलिगा फुटबलको शीर्ष क्लब बायर्न म्युनिख शनिबार राती भएको खेलमा बकहमसंग ४-२ अन्तरले पराजित भएको छ ।  

भ्रमणकारी टोली बायर्नले सुरुआती एक गोलको अग्रता जोगाउन नसक्दा पराजित भयो ।  बकहमको जितमा क्रीस्टोफर, जुर्गन लोकाडिया, क्रीस्टियन गाम्बोया र होल्टम्यानले एक एक गोल गरे । बायर्नका रोबर्ट लेवान्डोस्किले दुई गोल फर्काए ।

यस हारपछि बायर्न २२ खेलमा ५२ अंक जोडेर शीर्ष स्थानमा यथावत छ । बकहम २८ अंक जोडेर ११ औं स्थानमा  छ ।