सुनको मूल्य प्रतितोलामा १ हजार ५०० रुपैयाँले बढ्यो

सुनको मूल्य प्रतितोलामा १ हजार ५०० रुपैयाँले बढ्यो

लोकसंवाद संवाददाता  |  कारोबार  |  फाल्गुन १, २०७८

साताको पहिलो दिन आइतबार सुनको भाउ प्रतितोलामा १ हजार ५०० रुपैयाँले बढेको छ ।

नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको ९५ हजार ५०० रुपैयाँ कायम भएको छ । अघिल्लो साताको अन्तिम दिन शुक्रबार छापावाल सुन तोलाको ९४ हजार रुपैयाँमा कारोबार भएको थियो । 

यसैगरी आइतबार तेजावी सुनको भाउ तोलाको ९५ हजार रुपैयाँ निर्धारण भएको छ । साताको पहिलो दिन आइतबार चाँदीको मूल्य पनि प्रतितोलामा २० रुपैयाँले  बढेको छ  ।

शुक्रबार १ हजार २८० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार १ हजार ३०० रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ ।