'नेपाली राजनीतिमा एकीकृत समाजवादी पार्टीको विशिष्ट भूमिका'

'नेपाली राजनीतिमा एकीकृत समाजवादी पार्टीको विशिष्ट भूमिका'

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन २, २०७८

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले नेपाली राजनीतिमा एकीकृत समाजवादी पार्टीको विशिष्ट भूमिका रहेको बताउनु भएको छ । महोत्तरीबाट एकीकृत समाजवादीमा प्रवेश गर्ने नव प्रवेशीहरुलाई स्वागत गर्दै 

पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले जनताको हित र कल्याणको निम्ति समाजवादको यात्रामा निरन्तर र  प्रतिवध्यताका साथ लागि परेको बताउनु भयो । आफूहरूले निर्माण गरेको पार्टी दक्षिणपन्थी अवसरवादी भासमा जकडिएपछि सुध्रने लक्षण नदेखेर आफूहरूले कम्युनिस्ट आन्दोलनको निरन्तरता स्वरूप विद्रोह गर्नु परेको भन्दै राष्ट्रिय राजनीतिमा आफ्नो पार्टीले तरंग पैदा गरेको बताउनु भयो । उहाँले एमसीसीसँग विभिन्न आशंका कायमै  भएको भन्दै अहिलेको अवस्थामा एमसिसी अगाडि बढाउन नसकिने बताउनु भयो ।  नेपाललाई कुनै पनि नाममा रणभूमि बनाउन नचाहने भन्दै अध्यक्ष नेपालले आफूहरू असंलग्न परराष्ट्र नीति अवलम्बन गर्ने बताउनु भयो । 

वर्तमान गठबन्धन आगामी ३ वटै निर्वाचनमा मिलेर जाने भन्ने बारेमा पटक पटक कुराकानी भएको भन्दै नेता नेपालले प्रतिगामीहरूको विरुद्धमा मोर्चा वन्दी हुने र त्यस्तो मोर्चावन्द केही दीन अगाडि भएको राष्ट्रिय सभा निर्वाचनले लक्षित गरी सकेको भन्दै त्यसैकोलागि  सम्पूर्ण नेता तथा कार्यकर्ताहरूलाई उत्साहका साथ आ आफ्नो कार्यक्षेत्रमा लाग्न निर्देशन दिनु भयो ।

पार्टीको केन्द्रीय कार्यालयमा आइतबार नेकपा एमाले मधेस प्रदेश कमिटी सदस्य नरबहादुर स्याङतान,नेकपा एमाले नेता तेजप्रसाद अधिकारी,सुवर्ण प्रसाद पौडेल र जसपाका नेता जयकुमार झोलाई टीका र खादा लगाई स्वागत गरिएको थियो । कार्यक्रममा बोल्दै नेता स्याङ्ताने एमाले अव कम्युनिस्ट नरहेको  भन्दै सबै इमानदार नेता तथा कार्यकर्ताहरूलाई त्यो भ्रमबाट मुक्त हुन र एकीकृत समाजवादीमा समाहित हुन आग्रह गर्नुभयो ।