भारतले लगायो ५४ चिनियाँ एप्समाथि प्रतिबन्ध

भारतले लगायो ५४ चिनियाँ एप्समाथि प्रतिबन्ध

एजेन्सी  |  ज्ञानविज्ञान  |  फाल्गुन २, २०७८

देशको सुरक्षामा खतरा निम्त्याएको भन्दै भारतले ५४ वटा चिनियाँ एप्समाथि प्रतिबन्ध लगाउने तयारी गरेको छ । सरकारले चाँडै नै ती एप्समा प्रतिबन्ध लगाउने  सरकारी स्रोतलाई उद्धृत गर्दै भारतीय समाचार संस्था एनडीटीभीले जनाएको छ ।

स्विट सेल्फी एचडी, व्युटी क्यामेरा-सेल्फी क्यामेरा, भिभा भिडियो एडिटर, टेन्सेन्ट एक्सरिभर, अनमायोजी अरेना, एपललक, डुअल स्पेल लाइट सरकारले प्रतिबन्ध लगाउन लागिएका केही एप्स हुन् । 

देशको सार्वभौमसत्ता र सुरक्षामा जोखिम पुर्‍याएको भन्दै गत वर्षको जुनमा सरकारले सामाजिक संजालमा व्यापक प्रयोगमा आएका टिकटक, वीच्याट र हेलोमाथि प्रतिबन्ध लगाएको थियो । 

सन् २०२० को मे महिनामा चीनसँगको सीमा तनावपछि करिव ३०० एप्सहरूमाथि भारतमा प्रतिबन्ध लगाइएको छ । पूर्वी लद्दाखको गालवान उपत्यकामा चिनियाँ सेनाहरूसँगको भिडन्तमा २० जना भारतीय सैनिक मारिएपछि सन् २०२० को जुनमा पहिलो चरणको प्रतिबन्ध घोषणा गरिएको थियो ।