सुन-चाँदीको मूल्य स्थिर

सुन-चाँदीको मूल्य स्थिर

लोकसंवाद संवाददाता  |  कारोबार  |  फाल्गुन २, २०७८

सुनको भाउ सोमबार स्थिर छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलाको ९५ हजार ५०० रुपैयाँ कायम भएको छ । आइतबार छापावाल सुन तोलाको ९५ हजार ५०० रुपैयाँमै कारोबार भएको थियो ।

यसैगरी सोमबार तेजावी सुनको भाउ तोलाको ९५ हजार रुपैयाँ निर्धारण भएको छ । आइतबार १ हजार ३०० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि साेही मूल्यमा काराेबार भइरहेकाे महासंघले जनाएकाे छ ।