पत्रकार बाहिर निकालेर ओलीको सम्बोधन, सर्वदलीय बैठक बहिष्कार गर्ने

पत्रकार बाहिर निकालेर ओलीको सम्बोधन, सर्वदलीय बैठक बहिष्कार गर्ने

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन २, २०७८

नेकपा एमाले संसदीय दलको बैठक बसिरहेको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा जारी बैठकमा दलका नेता तथा अध्यक्ष केपी ओलीले सम्बोधन गरिरहेका छन् । 

बैठक स्थलबाट पत्रकार बाहिर निकालेर नेता ओलीले सम्बोधन थालेका थिए । 

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गरेपछिको अवस्थाबारे धारणा बनाउन एमाले दलको बैठक बसिरहेको हो । 

साथै, सोमबारका लागि सभामुख अग्निप्रसाद सापकोटाले डाकेको सर्वदलीय बैठक बहिस्कार गर्ने भएको एमालेको जारी दलको बैठकमा जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावबारे छलफल हुनेछ ।