गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा सम्भावना

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा सम्भावना
ताप्लेजुङको सुकेटार विमानस्थलमा बिहीबार बिहान देखिएको कुहिरो । मौसम बिग्रदा बुधबार दिउँसो दुर्घटनाग्रस्त हेलिकप्टरका यात्रुहरूको शव काठमाडौं पठाउन समस्या भइरहेको छ । तस्बिर : नारायण ढुंगाना/ रासस

लोकसंवाद संवाददाता  |  समाज  |  फाल्गुन ३, २०७८

काठमाडाैँ ।हाल मुलुकमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन । बिहान पहाडी भूभागमा आंशिक बदली छ भने तराईका केही भूभागमा हुस्सु लागेको छ । 

दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ ।

राति उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

बुधबार पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ । पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको आँकलन पनि गरिएकाे छ ।