साहित्यकार तारानाथ शर्माको निधन

साहित्यकार तारानाथ शर्माको निधन

लोकसंवाद संवाददाता  |  समाज  |  फाल्गुन ३, २०७८

प्रख्यात साहित्यकार, लेखक तथा झर्रोवादी आन्दोलनका अगुवा तारानाथ (ताना) शर्माको मंगलबार बिहान निधन भएको छ । 

इलामको बरबोटेमा ९ असार १९९१ मा जन्मेका शर्माको ८७ वर्षको उमेरमा मृत्यु भएको हो । 

शर्मा लामो सययदेखि डिमेन्सिया रोगबाट ग्रस्त थिए । उनीे मधुमेह, मुटु रोग र उच्च रक्तचापबाट पनि पीडित थिए । 

शर्मा नेपाली साहित्यमा नियात्रा विधाका संस्थापक, निबन्धकार, काथाकार, उपन्यासकार, समालोचकका रूपमा परिचित छन् । 

अंग्रेजी भाषमा विद्यावारिधि गरेका शर्माका २ दर्जनभन्दा बढी कृति प्रकाशित छन् । 

उनको पहिलो कृति ‘घोत्ल्याइँहरू' २०२१ सालमा प्रकाशन भएको थियो । उनले ‘बेलाइततिर बरालिँदा’ पुस्तकबाट २०२६ सालमा मदन पुरस्कार पाएका थिए । निबन्धसंग्रहमा मदन पुरस्कार पाउने ‘बेलाइततिर बरालिँदा’ पहिलो पुस्तक हो ।

‘संवत् २०२६ को मदन पुरस्कारबाट सम्मानित ताना शर्माप्रति हार्दिक श्रदा’, मदन पुरस्कार पुस्तकालय तथा मदन पुरस्कार गुठीले आज ट्विटरमार्फत भनेको छ ।  

शर्माले २०२९ सालमा ‘सम र समका कृति’का लागि साझा पुरस्कार पाएका थिए । २०२३ सालमा रत्नश्री स्वर्ण पदक पाएका उनी २०३९ सालमा सर्वश्रेष्ठ पाठ्यपुस्क लेखन पुस्करबाट पनि सम्मानित भएका थिए । 

मंगलबार अपराह्न पशुपति आर्यघाटमा उनको अन्तिम संस्कार गरिने परिवार निकट स्रोतले बताएको छ ।