एमसीसीबारे पार्टी निर्णय सुनाउन प्रचण्ड पुगे बालुवाटार

एमसीसीबारे पार्टी निर्णय सुनाउन प्रचण्ड पुगे बालुवाटार

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन ४, २०७८

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् । 

सरकारले जबर्जस्ती एमसीसी सम्झौता अनुमोदन प्रस्ताव प्रतिनिधिसभा  बैठकमा पेस गरे सरकारबाट बाहिरिने निर्णय गरेका प्रचण्ड यसबारे प्रधानमन्त्री देउवालाई जानकारी गराउन बालुवाटार पुगेका हुन् । 

माओवादी संसदीय दलको बुधबार बिहान बसेको बैठकले एमसीसी अनुमोदन प्रस्ताव संसद् बैठकमा पेस गरिए सरकारबाट बाहिरिने र गठबन्धन पनि तोड्ने निर्णय गरेको सो पार्टीका प्रमुख सचेतक देव गुरुङले बताए । 

उक्त निर्णय गरेपछि प्रधानमन्त्री देउवालाई जानकारी गराउन प्रचण्ड बालुवाटार पुगेका हुन् ।