ललितपुरस्थित टिकाथलीमा डिशहोम फाइबरनेटको सह–वितरण सोरुम

ललितपुरस्थित टिकाथलीमा डिशहोम फाइबरनेटको सह–वितरण सोरुम

लोकसंवाद संवाददाता  |  कारोबार  |  फाल्गुन ४, २०७८

ललितपुर।  नेपालभर इन्टरनेट र नेट सेवा विस्तार गरिरहेको डिशहोम फाइबरनेटले ललितपुरस्थित टिका थलीमा पनि सह–वितरण सो रुमको शुभारम्भ गरेको छ ।

फागुन ४ देखी डिशहोम फाइबर नेट विक्री तथा विक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको सो सो रुमको सञ्चालन टेककेयर टेक्नोलोजीले गर्नेछ ।

सो रुम समुद्घाटन, डिशहोमका तर्फबाट नेशनल सेल्स म्यानेजर मनोज शर्मा, एरिया सेल्स  म्यानेजर उज्ज्वल न्यौपाने र सेल्स अफिसर राम सुन्दर सिलाकार र रबिन थापाको उपस्थितिमा सम्पन्न भएको थियो ।

विगत लामो समय देखि डिनमिडिया नेटवर्कसँग सहकार्य गरी डिशहोमको डिटिएच सेवा ग्राहकहरूमाझ पुर्‍याउँदै आएको टेककेयर टेक्नोलोजीले अब डिशहोम फाइबर नेट बिक्री र विक्री पछिको सेवा नयाँ सो रुम मार्फत दिनेछ। 

२ हजार भन्दा धेरै ग्राहकलाई डिशहोम फाइबर नेटको सेवा उपलब्ध गराइसकेको टेककेयर टेक्नोलोजीले अव अझ बढी ग्राहकहरूको माझ पुग्नको लागी पनि यस नयाँ सो रुमले मद्दत गर्ने टेककेयर टेक्नोलोजीका सञ्चालक दीपक थापाले जानकारी दिनुभयो ।