पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि : पेट्रोल ५.६१, डिजेल ५.६२ र हवाई इन्धनमा ४.९५ रुपियाँ

पेट्रोलियम पदार्थको मूल्य फेरि  वृद्धि : पेट्रोल ५.६१, डिजेल ५.६२ र हवाई इन्धनमा ४.९५ रुपियाँ

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन ५, २०७८

काठमाडौँ । अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढिरहेकाले इण्डियन आयल कर्पोरेशन (आईओसी) ले बढाएर नयाँ मूल्य सूची पठाएको छ । 

नेपाल आयल निगमका अनुसार विश्वमा कच्चा तेलको मूल्य झण्डै अमेरिकी डलर ९० देखि ९६ प्रति व्यारेल पुगिसकेको अवस्थामा इण्डियन आयल कर्पोरेशनले आज नयाँ मूल्य सूची पठाएको हो । 

आईसीले पठाएको सूची अनुसार प्रति लिटर पेट्रोल ५.६१, डिजेल ५.६२ र हवाई इन्धनमा ४.९५ ले बढेर आएको निगम जनाएको छ ।

नयाँ मूल्य अनुसार निगमलाई आगामी १५ दिनमा करीब २ अर्ब ४१ करोड घाटा हुने स्थिति देखिएको पनि निगमले जनाएको छ । 

निगमले चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा करिब २४ अर्ब रुपैयाँ नोक्सानी व्यहोरेको जनाएको छ ।