स्वर्गीय आमाको तिथिमा ६० जना छात्र छात्रालाई शैक्षिक सामाग्री र न्यानो कपडा वितरण

स्वर्गीय आमाको तिथिमा ६० जना छात्र छात्रालाई शैक्षिक सामाग्री र न्यानो कपडा वितरण

लोकसंवाद संवाददाता  |  शिक्षा  |  फाल्गुन ५, २०७८

पाँचथर । स्वर्गीय आमाको ९० औँ तिथिको स्मृतिमा एक विद्यालयलाई शैक्षिक सामाग्री र न्यानो कपडा वितरण गरिएको छ । 

पाँचथर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष मित्रप्रसाद काफ्लेकी स्वर्गीय माता चन्द्रमाया काफ्लेको ९० औँ तिथि (त्रैमासिक) को सन्दर्भमा पाँचथरको फिदिम नगरपालिका ७ रानीटार स्थित सगरमाथा आधारभूत विद्यालयका  ६० जना छात्र छात्रालाई स्वेटर र स्टेशनरी वितरण गरिएको हो ।

जनसेवा समाज पाँचथरको संयोजनमा विद्यालयमै पुगेका दाता काफ्लेले विद्यार्थीलाई सामग्री वितरण गरेको प्रधानाध्यापक परशुराम अधिकारीले बताए ।