सुनको मूल्य ताेलामा १ हजार रुपैयाँले बढ्याे

सुनको मूल्य ताेलामा १ हजार रुपैयाँले बढ्याे

लोकसंवाद संवाददाता  |  कारोबार  |  फाल्गुन ५, २०७८

सुनको भाउ बिहीबार प्रतितोलामा १ हजार रुपैयाँको दरले बढेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ९६ हजार १०० रुपैयाँ कायम भएको छ । यसअघि बुधबार छापावाल सुन तोलाको ९५ हजार १०० रुपैयाँमा  कारोबार भएको थियो ।

यसैगरी बिहीबार तेजावी सुनको भाउ तोलाको ९५ हजार ६०० रुपैयाँ निर्धारण भएको छ । 

चाँदीको मूल्य पनि १० रुपैयाँले घटेको छ । बुधबार १ हजार २८५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार १ हजार २९५ रुपैयाँ निर्धारण भएको छ ।