‘लाइफ इन एलए’ ९ वैशाखमा

‘लाइफ इन एलए’ ९ वैशाखमा

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  फाल्गुन ५, २०७८

अमेरिका र नेपालमा छायांकन गरिएको फिल्म ‘लाइफ इन एलए’ २०७९ वैशाखमा रिलिज हुने भएको छ । अमेरिकाका विभिन्न शहरमा प्रदर्शन भइसकेको फिल्मको पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले रिलिज मिति पनि घोषणा गरेको हो ।

फिल्ममा व्यास विष्णु, आकेशा विष्ट, शिल्पा मास्के, गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखकसँगै अमेरिकामा बसोबास गर्ने जारेड विलप्स, साम भुजेल, जयन्द्र चिलुवाललगायतको पनि अभिनय छ ।

सूर्य एन श्रेष्ठको निर्देशन रहेको फिल्ममा व्यास विष्णु र राजेन्द्र ठकुराठी निर्माता तथा संसार सुवेदी कार्यकारी निर्माता छन् । व्यास इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको फिल्ममा एलिस कार्की र प्रतीक पौडेलको संगीत तथा प्रताप दास र कविता श्रेष्ठको स्वर, दीपक वलीको एसोसियट निर्देशन तथा प्रदीप आचार्य र प्रदीप खत्रीको प्रोडक्सन छ ।

भूपेन्द्र अधिकारी र उज्ज्वल ढकालको सम्पादन रहेको फिल्ममा कविराज गहतराज र सुरज श्रेष्ठको कोरियोग्राफी छ ।