गठबन्धनको बैठकमा उपेन्द्र यादव नजाने

गठबन्धनको बैठकमा उपेन्द्र यादव नजाने

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन ५, २०७८

सत्तारुढ गठबन्धनको आज साँझ ५ बजे बस्ने बैठकमा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव नजाने भएका छन् । 

अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) प्रतिनिधिसभामा टेबल र अनुमोदन गर्ने विषयमा सहमति जुटाउन बोलाइएको बैठकमा यादव नजाने भएका हुन् । 

‘अध्यक्ष उपेन्द्र यादवज्यू गठबन्धनको आज बस्ने बैठकमा जानुहुन्न । उहाँ अहिले सिरहामा हुनुहुन्छ । विभिन्न पार्टी त्यागी जसपामा प्रवेश गर्नेलाई स्वागत गर्ने कार्यक्रममा उहाँ सहभागी हुनुहुनेछ’, जसपा नेपालका प्रमुख सचेतक प्रमोद साहले भने । 

सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेपका (एकीकृत समाजवादी), जसपा नेपाल र राष्ट्रिय जनमोर्चाबीच एमसीसीका विषयमा मतभेद बढेपछि सहमति जुटाउन आज बैठक बोलाइएको हो । 

सत्तारुढ ५ दलमध्ये कांग्रेस मात्र एमसीसी अहिलेकै अवस्थमा अनुमोदन गर्नुपर्ने पक्षमा उभिएको छ । बाँकी ४ दल एमसीसी संशोधन गरेर मात्र अनुमोदन गर्नुपर्ने अडानमा छन् ।