एमाले भक्तपुरका नेता दामोदर काफ्ले एकीकृत समाजवादीमा

एमाले भक्तपुरका नेता दामोदर  काफ्ले एकीकृत समाजवादीमा

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन ५, २०७८

काठमाडौँ । नेकपा एमाले भक्तपुरका नेता दामोदर काफ्ले नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका छन् । 

नेपाल (एमाले) मा  व्यक्तिवादी प्रवृत्ति, अहंकारवादी, निरङ्कुश एवं स्वेच्छाचारी प्रवृत्ति, चरम गुटबन्दी, दक्षिणपन्थी अवसरवाद र विसर्जनवाद हाबी भएको भन्दै बिहीबार एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमै आएर काफ्ले प्रवेश गरेका हुन् ।

 एमालेमा रहेर ०६७ मा नगर कमिटी हुँदै जिल्ला कमिटीको जिम्मेवारी समेत वहन गरिसकेका उनले अव एमालेमा  कम्युनिस्ट चरित्र नरहेको भन्दै कार्यकर्ताहरूलाई अलमल नगर्न र सही नीति विचार र सिद्धान्त अंगिकार गरेको एकीकृत समाजवादीमा आबद्ध हुन अनुरोध गरे । न

नवप्रवेशि काफ्लेलाई  नेकपा (एकीकृत समाजवादी) का महासचिव डा.बेदुराम भुसालले खादा र अबिर लगाएर स्वागत गरेका थिए । कार्यक्रममा नेकपा (एकीकृत समाजवादी)  भक्तपुरका अध्यक्ष श्याम बस्नेत र सचिव पुरुषोत्तम लामिछानेको उपस्थिति रहेको  थियो ।