निर्देशक समन अधिकारीद्वारा अक्षरारम्भ गरेको विद्यालयका ३१ जनालाई ट्र्याक सुट वितरण

निर्देशक समन अधिकारीद्वारा अक्षरारम्भ गरेको विद्यालयका ३१ जनालाई ट्र्याक सुट वितरण

लोकसंवाद संवाददाता  |  शिक्षा  |  फाल्गुन ५, २०७८

झापा । रेस्क्यु क्रिएसन प्रा‍. लि. का प्रबन्ध निर्देशक तथा म्युजिक भिडियो निर्देशक  समन अधिकारीले आफूले अक्षरारम्भ गरेको विद्यालयमा शैक्षिक सहयोग गरेका छन् ।

आफूले अक्षरारम्भ गरेको झापाको कमल गाउँपालिका २ क्याम्पा बजार स्थित  कमला मदनआश्रित स्मृति मा. वि. का ३१ जना विद्यार्थीहरूलाई ट्र्याक सुट वितरण गरेका हुन । कार्यक्रममा  विद्यालयका २४ जना एनसीसी क्याडेट्स विद्यार्थीहरू र ७ जना अन्य छात्रछात्राहरू गरी जम्मा ३१ जना विद्यार्थीहरूलाई  ट्र्याक सुटहरू वितरण गरिएको थियो  ।
 विद्यालयमा  आयोजित एक कार्यक्रमका बिच  व्यक्तिगत तर्फबाट २७ हजार ३ सय ५० मूल्य  बराबरको ट्र्याक सुटहरू वितरण गरेका हुन् ।
 विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराम अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा  
कमल गाउँपालिकाका शिक्षा शाखा प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि सूर्यप्रसाद न्यौपानेले   विद्यालयका पूर्व विद्यार्थी   अधिकारीले विद्यार्थीहरूलाई अध्ययनमा प्रोत्साहनको निम्ति सहयोग स्वरूप गर्नुभएको  पोसाक सहयोगको प्रति धन्यावाद दिएका थिए ।
कार्यक्रममा बोल्दै निर्देशक अधिकारीले आफूले अक्षरारम्भ गरेको विद्यालयमा सानो सहयोग गर्न पाउँदा खुसी लागेको भन्दै शिक्षाको उज्यालोबाट कुनै पनि बालबालिका वञ्चित हुनु नहुने जसका लागि सरकार सहित सरोकारवालाहरूको चासो हुनु जरुरी रहेको बताए । 

कार्यक्रममा दाता  अधिकारी सहित कला निर्देशक  सागर लिम्बू, कलाकार  सेजल ढकाल, कमल सांस्कृतिक मञ्चका अध्यक्ष  कैलाश थापा मगर , सचिव विजयकुमार अधिकारी, कार्यक्रम आयोजक विद्यालयका प्रधानाध्यापक  हिमप्रसाद दाहाल, शिक्षकहरू, कर्मचारीहरू तथा विद्यार्थीहरू लगायतको उपस्थित रहेको थियो ।