एमसिसी संसद्मा टेबुल गर्ने  विषयमा सहमति  हाेला  कार्यव्यवस्था परामर्श समितिमा ?

एमसिसी संसद्मा टेबुल गर्ने  विषयमा सहमति  हाेला  कार्यव्यवस्था परामर्श समितिमा ?

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन ६, २०७८

काठमाडौँ ।  अमेरिकी अनुदान सहयोग एमसिसी सांसदबाट पारित गर्न अमेरिकाले पछिल्लो पटक दिएको समय सीमा सकिन १० दिन मात्र बाँकी छ । १६ फागुनभित्र एमसिसी पारित नभए थप कदम चाल्ने एमसिसी मुख्यालयले बत्ताइसकेको छ ।

तर, सत्ता गठबन्धनका पाँच दल नै पाँचतिर भएपछि एमसिसी संसद्मा टेबुलसमेत हुन सकेको छैन । सत्तासीन नेपाली कांग्रेस जसरी पनि एमसिसी टेबुल गर्नुपर्ने पक्षमा भए पनि खास गरी माओवादी केन्द्र र एकीकृत समाजवादी अहिलेको अवस्थामामा अगाडि बढाउन नहुने अडानमा छन् ।

प्रमुख प्रतिपक्षी एमाले पर्ख र हेरको अवस्थामा छ ।

यही तिगडमका कारण बुधवार बसेको प्रतिनिधिसभा बैठकमा एमसिसी टेबुल हुन सकेन, बरु सत्तासीन दल माओवादी केन्द्र र एकीकृत समाजवादीका भ्रातृ संस्था नै सडकमा उत्रिए ।

सहमति जुटाउने भन्दै बिहीबार बसेको सत्ता गठबन्धनको बैठक पनि निरर्थक नै बन्यो । 

यही अन्याैलका बीच आज प्रतिनिधिसभा बैठक बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने भए पनि एमसिसी टेबुल हुने सम्भावना न्यून रहेको एक मन्त्रीले बताए ।

संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा पनि एमसिसी उल्लेख छैन । बरु प्रधानमन्त्री शेरबहादुर देउवाले 'आदिवासी जनजाति आयोगको प्रतिवेद आर्थिक वर्ष २०७७/७८' पेस हुने कार्यसूची छ ।

प्रतिनिधिसभा बैठक अघि सभामुख अग्नि सापकोटाले बिहान ११ बजे कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।