पाँचथरमा मात्र थपिए १६ हजार बढी मतदाता

पाँचथरमा मात्र थपिए १६ हजार बढी मतदाता

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन ६, २०७८

पाँचथर ।  पाँचथर जिल्लामा  १६ हजार एक सय ४१ नयाँ मतदाता थपिएका छन् । जिल्लाका स्थानीय तहमै पुगेर  निर्वाचन कार्यालय पाँचथरले मतदाता नामावली संकलन गरेपछिको प्रारम्भिक तथ्याङ अनुसार पछिल्लो पटक त्यतिको मतदाता थपिएका हुन् । पछिल्लो तथ्याङ्क अनुसार जिल्लामा एक लाख ४१ हजार ३ सय ६२ जना मतदाता पुगेको जिल्ला निर्वाचन कार्यालय पाँचथरले जनाएको छ  ।

पाँचथरमा २०७४ सालमा एक लाख २५ हजार २ सय २१ जना मतदाता थिए । 

जिल्ला निर्वाचन कार्यालय पाँचथरका अनुसार दुई चरणमा सम्पन्न गरेको मतदाता नामावली संकलन  अभियान  र जिल्ला प्रशासन कार्यालय मार्फत निरन्तर दर्ता भएका नामावलीले उक्त परिणाम ल्याएको हो । 

थपिएका मतदातामा सबै भन्दा बढी फिदिम नगरपालिकामा ४ हजार ९ सय ३ नयाँ मतदाता थपिएका छन् भने सबै भन्दा कम तुम्बेवा गाउँपालिकामा ५ सय ५७  मतदाता थपिएका छन् ।

 त्यस्तै मिक्लाजुङ गाउँपालिकामा एक हजार ८ सय ३३, फाल्गुननन्द गाउँपालिकामा २ हजार ९ सय ७०, कुम्मायक गाउँपालिकामा एक हजार एक सय ५९ जना, फालेलुङ गाउँपालिकामा, २ हजार ४ जना, याङवरक गाउँपालिकामा एक हजार ६ सय ८० र हिहिहाङ गाउँपालिकामा एक हजार ८ सय ४५ जना नयाँ मतदाता थपिएका छन् ।

यो प्ररम्भिक तथ्याङ्क मात्र रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख कुमारप्रसाद भट्टराईले बताए ।

अहिलेको प्रारम्भिक तथ्याङ्क भएको र  अद्यावधिक गर्न बाँकी रहेको निर्वाचन कार्यालयका प्रमुख भट्टराईले बताए ।