किरात याकथुङ चुम्लुङ इजरायलद्वारा गीता चम्लागाईलाई छात्रवृत्ति प्रदान

किरात याकथुङ चुम्लुङ इजरायलद्वारा गीता चम्लागाईलाई छात्रवृत्ति प्रदान

लोकसंवाद संवाददाता  |  शिक्षा  |  फाल्गुन ६, २०७८

पाँचथर । किरात याकथुङ चुम्लुङ इजरायलले पाँचथर जिल्लाको फालेलुङ ८ सिंह. सिद्ध मा.वि मा अध्ययनरत एक छात्रालाई छात्रवृत्ति प्रदान गरेको  छ ।

किरात याकथुङ चुम्लुङ इजरायलको सहयोगमा सो विद्यालयको कक्षा १० मा अध्ययनरत गीता चम्लागांइलाई १० हजार रुपैयाँ प्रदान गरिएको सोही विद्यालयका प्रधानाध्यापक राजेन्द्र केरुङले बताए  । किरात याकथुङ चुम्लुङ इजरायलले बर्सेनि माध्यमिक तहको गैर याकथुङ ,जेहेन्दार विद्यार्थीलाई सहयोग गर्दै आइरहेको छ । चम्लागांईले गत ३ वर्ष देखि उक्त सहयोग प्राप्त गर्दै आइरहेकी छिन ।

फालेलुङ ८ का वडा अध्यक्ष पदम कुमार फागो साथै स्थानीय समाजसेवी, बुद्धिजीवी र अभिभावकहरूको उपस्थिति उक्त छात्रवृत्ति हस्तान्तरण गरिएको थियो । कार्यक्रममा वडा अध्यक्ष फागोसँगै किरात याकथुङ चुम्लुङ परिसद सदस्य नरेन्द्र केरुङ विद्यालयका प्रधानाध्यापक राजेन्द्र केरुङले छात्रवृत्ति प्रदान गर्ने किरात याकथुङ चुम्लुङ इजरायल लाई धन्यवाद ज्ञापन गरेका थिए  ।