किरात याकथुङ चुम्लुङ लिम्बुवान प्रदेशमा मधुराज केरुङ

किरात याकथुङ चुम्लुङ लिम्बुवान प्रदेशमा मधुराज केरुङ

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन ७, २०७८

पाँचथर । किरात याकथुङ चुम्लुङ (कियाचु) लिम्बुवान प्रदेश समितिको दोस्रो प्रदेश अधिवेशनबाट मधुराज केरुङ चयन भएका छन् । पाँचथरमा शुक्रवार भएको अधिवेशनबाट केरुङ अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट उपाध्यक्षमा टङ्कमाया तिगेला, मुख्यसचिवमा नरेन्द्रराज केरुङ, सचिवमा इक्साहाङ चेम्जोङ र कोषाध्यक्षमा बिन्द्रकुमार नाल्बो चयन भएका छन् ।

समितिका सदस्यहरूमा कवीन्द्र सेर्मा, मनकुमारी पन्धाक, इन्दिरा मेयङ्हाङ, बुद्ध इङ्वा, दिलु लिङ्देन, तीर्थ सावदेन र अन्य जिल्लाबाट एक महिला एक पुरुष प्रतिनिधित्व हुने गरी कार्य समिति चयन भएको छ ।

प्रदेश १ का उद्योग, श्रम तथा रोजगारी मन्त्री प्रताप प्रकाश हाङगामले उद्घाटन गरेको अधिवेशनमा कियाचुका केन्द्रीय उपाध्यक्ष यामप्रसाद लिम्बू, कमल तिगेलालगाय विभिन्न पार्टी तथा संघसंस्थाका प्रतिनिधिहरूले शुभकामना मन्तव्य राखेका थिए ।