डा. खगराज बरालको ‘मालामा नउनिएका फूलहरू’ बजारमा

डा. खगराज बरालको ‘मालामा नउनिएका फूलहरू’ बजारमा

लोकसंवाद संवाददाता  |  साहित्य  |  फाल्गुन ८, २०७८

शिखा बुक्सले प्रकाशनले प्रकाशन गरेको लेखक डा। खगराज बरालको गैह्र आख्यान अनुभूति सङ्ग्रह ‘मालामा नउनिएका फूलहरू’ यही फागुनको पहिलो सातादेखि बजारमा आएको छ ।

साहित्यमा श्रमिक बरालका नामबाट कलम चलाउने बरालका साहित्यमा सात ओटा सिर्जना प्रकाशित छन् । बरालले शिक्षासम्बन्धी नीति, सिद्धान्त र कार्यान्वयनमा झन्डै एक दर्शन कृति नेपाली पाठकसामु पस्किसकेका छन् ।

वास्तविक अनुभूतिलाई पुस्तकका रूपमा ढाल्न खप्पिस बरालका यस अगि ‘सिकाउने शैली’ ९२०७५० तथा ‘सिकाइ र सहयोग’ ९२०७६० नै प्रकाशित भई पाठकहरूबिच निकै लोकप्रिय रहे । गत वर्ष बरालले आख्यानअन्तर्गत ‘स्यानी’ उपन्यास लिएर आएका थिए । यो उपन्यास पनि पाठकमाझ निकै लोकप्रिय बन्यो । ‘मालामा नउनिएका फूलहरू’मा बिस ओटा भिन्न भिन्न अनुभूति रहेका छन् ।

यस अनुभूति सङ्ग्रहमा बराल मस्तिष्कले होइन, मनले बोलेका छन्, बरालका अभिव्यक्तिमा बनावटीपन छैन । पुस्तक पढ्दा कतै कथाजन्य अनुभूति पाइन्छ भने कतै अनुभूतिजन्य निबन्ध पाइन्छ । घर परिवारदेखि विश्व परिवेशसम्मका, स्वदेशदेखि विदेशसम्मका, दार्शनिक चिन्तनदेखि सामान्य मानवीय व्यवहारसम्म, मानवदेखि मानवेत्तर प्राणी र वनस्पतिसम्मका विषयलाई यस अनुभूति सङ्ग्रहमा समावेश गरिएको छ ।

सामान्य मानिसले पनि ध्यान नदिएका मसिना विषयलाई पनि लेखकले विशेष महत्त्वका साथ उठान गरेका छन् । कुल ३२४ पृष्ठको यो पुस्तकको मूल्य चार सय पचहत्तर रुपैयाँ रहेको छ । ‘मालामा नउनिएका फूलहरू’  पुस्तक फागुनको पहिलो सातादेखि ज्ञान ज्योति बुक्स पब्लिकेशन प्रा.लि. बागबजारले वितरणको जिम्मेवारी लिएकोर  देशभरका प्रमुख बजारमा पाइने समेत उल्लेख छ ।