'माग पूरा नभएसम्म संसद् अवरोध कायमै राख्छाैँ'

'माग पूरा नभएसम्म संसद् अवरोध कायमै राख्छाैँ'

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन ८, २०७८

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफ्नो माग पूरा नभएसम्म संसदको अवरोध कायमै रहने बताएको छ । सरकारले एमसीसी सम्झौता अनुमोदन प्रस्ताव पेस गर्ने तयारी गरेका बेला एमालेले संसदमा अवरोध कायमै राख्ने भएको हो । 

संसदमा गर्दै आएको अवरोधलाई माग पूरा नभएसम्म निरन्तरता दिने एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । ‘हामी माग पूरा नभएसम्म संसदमा अवरोध कायमै राख्छौँ’, भट्टराईले भने । 

गत २३ भदौदेखि आफूले कारबाही गरेका माधवकुमार नेपालसहित १४ जना सांसदलाई पदमुक्त गर्नुपर्ने माग राख्दै एमालेले लगातार सदन अवरुद्ध गर्दै आएको छ ।