सदस्य सचिव नियुक्ति प्रकरणः फेरि रिट स्थगित

सदस्य सचिव नियुक्ति प्रकरणः फेरि रिट स्थगित

लोकसंवाद संवाददाता  |  खेलकुद  |  फाल्गुन ८, २०७८

सर्वोच्च अदालतमा विचाराधीन राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिवको बर्खास्ती र नयाँ नियुक्तिसम्बन्धी रिट सोमबार पनि स्थगित भएको छ । 

यसअघि सर्वोच्चले २ फागुनसम्मका लागि पेसी स्थगित गरेको थियो । यसअघि नै ३ पटक याे रिटमा सुनुवाइका लागि पेसी चढे पनि दुवै पटक सरेको थियो । सरकारले १ कात्तिकमा तत्कालीन सदस्य सचिव रमेशकुमार सिलवाललाई बर्खास्त गर्दै १३ गते टंकलाल घिसिङलाई नियुक्त गरेको थियो । 

सिलवालले आफ्नो बर्खास्ती रोक्न र घिसिङको नियुक्ति खारेजीको माग गर्दै दायर गरेको मुद्दामा सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश दिएको थियो । सिलवाल पूर्वप्रधानमन्त्री केपी ओलीको कार्यकालमा राखेप सदस्य सचिवमा नियुक्त भएका थिए । गठबन्धन सरकार आएसँगै सिलवालको कार्यक्षमतामा प्रश्न उठाउँदै वर्तमान सरकारले उनलाई बर्खास्ती गरेको थियो । 

हाल राखेपमा कार्यकारीका रूपमा कुलबहादुर थापा रहेका छन् ।