नेपाल अटोमाबाईल्स एसोशिएसन :  मोटर खेल ईभेन्टहरुको प्रोमो सार्वजनिक

नेपाल अटोमाबाईल्स एसोशिएसन :  मोटर खेल ईभेन्टहरुको प्रोमो सार्वजनिक

लोकसंवाद संवाददाता  |  कारोबार  |  फाल्गुन ८, २०७८

काठमाडौँ ।  मोटर, मोटर साईक्लिङ स्पोर्टस, अटोमोबाईल मोबिलिटी तथा टुरिजम र रोड सेफ्टिको क्षेत्रमा विगत १२ वर्ष देखि सक्रिय नेपाल अटोमाबाईल्स एसोशिएसनले आफ्नो खेल ईभेन्टहरुको प्रोमो सार्वजनिक गरेको जनाएकाे  छ ।

नेपाल अटोमाबाईल्स एसोशिएसनका अध्यक्ष दशरथ रिसालका अनुसार  हालै काठमाण्डौमा भएको कार्यसमिति, विभागीय समिति तथा सचिवालयले बृहत्त छलफल पश्चात ति ईभेन्ट पारित गरि प्रोमो र क्यालेण्डर समेत सार्वजनिक गरेको हो । चालु अंग्रेजी वर्ष २०२२ र नेपाली आव ०७८/७९ एवं ०७९/८० का लागि समेत राष्ट्रिय–अन्तर्राष्ट्रिय सहभागीता, आयोजना तथा आवद्धता गरी तीनै प्रकारका स्पोर्टस ईभेन्ट समावेश गरिएको समेत जनाइएकाे छ । 

जसमा, नेपाली युवा माझमा अत्यन्तै लोकप्रिय मोटरसाईकल रेसिङ च्बअझबलमग, मोटरसाईकलकै अफरोड रेसिङ ईभेन्ट  जस्ता ईभेन्टहरु रहेका छन् । त्यसैगरी महिला राईडरहरुमाझ लोकप्रिय ईभेन्ट Racenari Talent Trophy नेपालको मोटर स्पोर्टसमा अत्यन्तै सुहाउँदो Rally Cross ईभेन्ट Mt. Everest Autocross/ Motocross तथा नेपालकै  मोटर स्पोर्टसको विश्वव्यापी पहिचान बनाउन सकिने Trans-Himalayan Adventure को समेत प्रस्ताव गरिएको छ । 

नासा नेपालकै पहिलो मोटरिङ ईभेन्ट Sincere Citizens Motor Rally लाई यसपटक देखि Tourmandu को नयाँ ब्रान्डमा आयोजना गरिने छ भने नेपाली ड्राईभर हरुले एसिया प्यासिफिक प्रतिष्पर्धामा समेत विशिष्ट छाप छोड्न सफल Auto Gymkhana का केहि ईभेन्टहरु Nepal Auto Gymkhana Championship को नाममा परिमार्जन गरिएको छ । जसका विजेतालाई { Asia-Pacific Auto Gymkhan aमा सहभागी गराने समेत जानकारी  दिइएको छ । 

काठमाडौं र कार्टस मार्फत नेपालकै प्रर्वद्धन गर्ने कार्टिङको प्रतिष्पर्धा रहेको छ Kartsmandu जसलाई Kartsmandu  फर्म्याटमा Himalayan Motorland धुलिखेलमा आयोजना हुनेछ भने नेपालमै पहिलोपटक NASA EV Cup मा कार र बाईक दुबैको संयोजन हुनेछ । Explore The Trackनेपाली राईडर्स/ड्राईभर्सका लागि राष्ट्रिय–अन्तराष्ट्रिय पहुँचको लागि हो । जस अन्तर्गत यसपटक College To Track  तथा Girls On The Track का साथै भारत तथा सिंगापुरको ट्रयाकको मज्जा नेपाली खेलाडीले लिने नासाले जनाएकाे छ । 

त्यसैगरी सन् २०१८ देखि अन्तराष्ट्रिय अटोमोबाईल महासंघ FIA ले ओलम्पिक फम्र्याटकै विश्वस्तरीय प्रतियोगिता Motor Sports Game को शुरुवात गरेको छ । जुन यसवर्ष २०२२ को अक्टोबरमा फ्रान्समा हुँदैछ । १४ वटा विधामा हुने सो प्रतियोगितामा नेपाली खेलाडीको समेत सहभागीता लागि नासा नेपाल प्रयत्नशिल रहेको छ ।

विश्व प्रसिद्ध Formula Extreme E Off Road Racing नेपालमा आयोजना गर्ने सन् २०२१ देखिको योजना कोरोनाका कारण सर्दै आएकोमा सन् २०२४ भित्र आयोजनाका लागि लण्डनस्थित कम्पनीसँग नासा नेपालले छलफल गरिरहेको छ । उक्त ईभेन्ट नेपालमा आयोजना हुन सके नेपालको मोटर स्पोर्टस र नेपाली खेलकुदलाई नै विश्वस्तरमा पहिचान गराउने लक्ष्य राखिएकाे छ । 

यी ईभेन्टहरु केहि नासा नेपाल स्वयंम, केहि प्रदेश संघ र एशोसियट पार्टनरहरु मार्फत तथा केहि क्लब र निजी क्षेत्रबाट समेत संचालन गर्न सकिने कार्यविधि सहितको निर्णय नासा नेपालले गरेको छ । टिम दर्ता शुल्क, प्रायोजन, राखेप र नेपाल पर्यटन बोर्डको अनुदान, अन्तराष्ट्रिय महासंघहरुको सहयोग र पार्टनरशीप बाट सो ईभेन्टको आर्थिक व्यवस्थापन गरिनेछ ।

साथै, यस बाहेकका अन्य ईभेन्टहरु समेत आयोजनाको लागि सम्बन्धित संघसंस्था, कर्पोरेट क्षेत्र तथा क्लबहरुलाई नासा नेपालले आग्रह  समेत गरेको छ ।  यसै क्यालेण्डर अन्तर्गत नै ड्राईभर्स, राईडर्स र अफिसियल्सलाई Training & Motivation गरिनेछ । जसबाट न्यूनतम ४ सय जना लाभान्वित हुनेछन् । यस बाहेकका अटोमोबाईल मोविलिटी तथा टुरिजम र रोड सेफ्टिको क्यालेण्डर छिट्टै तयार गरी सार्वजनिक  गरिने कार्यक्रम रहेकाे नासा नेपालले जनाएको छ ।