सुनकाे मूल्य ताेलामा ४०० रुपैयाँले घट्यो

सुनकाे मूल्य ताेलामा ४०० रुपैयाँले घट्यो

लोकसंवाद संवाददाता  |  कारोबार  |  फाल्गुन ९, २०७८

सुनको भाउ सोमबार  प्रतितोलामा ४०० रुपैयाँको दरले घटेको छ  । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलाको ९६ हजार २०० रुपैयाँ कायम भएको छ ।  आइतबार छापावाल सुन तोलाको ९६ हजार ६०० रुपैयाँमा  कारोबार भएको थियो ।

यसैगरी सोमबार तेजावी सुनको भाउ तोलाको ९५ हजार ७०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको मूल्य भने ५ रुपैयाँले घटेको छ  । आइतबार १ हजार ३०५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार १ हजार ३०० रुपैयाँ निर्धारण भएको छ ।