बढ्दै छ कम्प्युटर भिजन सिन्ड्रोम

बढ्दै छ कम्प्युटर भिजन सिन्ड्रोम

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ४, २०७६

विकसित राष्ट्रसँगै नेपाल पनि कम्प्युटर, मोबाइलजस्ता सञ्चारका साधनको प्रयोगमा अभ्यस्त हुँदै गएको छ। साना–ठूला अभिलेख राख्नेदेखि मनोरञ्जन, खेलजस्ता दैनिकीसमेत मोबाइल र कम्प्युटरमै हुन्छ। यो अभ्यासमा बालबालिका, किशोरकिशोरीदेखि जागिरे, पेसाकर्मी कोही अछुतो छैन। तर यसको प्रभाव नियमित प्रयोगकर्ताहरूको आँखामा परिरहेको चिकित्सक औंल्याउँछन्। यी साधनका प्रयोगकर्र्ताहरूमा ‘कम्प्युटर भिजन सिन्ड्रोम’ नामक नयाँ समस्या बढिरहेको उनीहरू बताउँछन्।

तिलगंगा आँखा अस्पतालका अनुसार दैनिक औसत आउने १ हजारजना बिरामीमध्ये २० प्रतिशत कम्प्युटर भिजन सिन्ड्रोम समस्याका छन्। यो समस्या भएका विद्यार्थी, किशोर–किशोरी, बैंकमा काम गर्ने कर्मचारी तथा पेसागत समूह टाउको दुख्यो भनेर अस्पताल पुग्ने गरेका छन्। यो समस्याबाट चिकित्सकसमेत अछुतो नरहेको तिलगंगा अस्पतालका अकुलोप्लास्टिक सर्जन डा. रोहित सैंजु बताउँछन्। यो सामग्री आजको नागरिक दैनिकमा छ ।