अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइँदै

अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइँदै

लोकसंवाद संवाददाता  |  समाज  |  फाल्गुन ९, २०७८

अन्तर्राष्ट्रिय मातृभाषा दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । संयुक्त राष्ट्रसंघ महासभाले सन् १९९९ मा घोषणा गरी सन् २००० देखि २१ फेब्रुअरीका दिन अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउन सुरु गरिएको हो ।

नेपालमा भने २०६६ सालदेखि विशेष रूपमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउन सुरु गरिएको हो ।

विश्वमा १५ दिनमा २ वटा भाषा लोप हुने गरेको तथ्य अध्ययनबाट सार्वजनिक भएको छ । मातृभाषा लोप हुन नदिन सरोकार भएका निकायले काम गर्नुपर्नेमा जोड दिँदै आज नेपाल प्रज्ञाप्रतिष्ठान, भाषा आयोग र संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठनले मातृभाषामा कविता महोत्सवसहित विभिन्न जात जातिका सांस्कृतिक झाँकी कार्यक्रमको आयोजना गर्ने जनाइएको छ ।

अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा आइतबार ३ वटै संस्थाको आयोजनामा ‘मातृभाषा र मातृभाषा साहित्यसम्बन्धी विचार गोष्ठी’ कार्यक्रम आयोजना गरिएको थियो । सो अवसरमा ४ वटा कार्यपत्र प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा नेपालमा १ हजारभन्दा कम वक्ता रहेका ३७ मध्ये २३ वटा भाषा संकटापन्न अवस्थामा पुगेका जानकारी गराइएको थियो । ती भाषाको संरक्षणमा काम गर्नुपर्नेमा पनि जोड दिइएको थियो ।