डिशहोम फाइबरनेट : काठमाडौँका विभिन्न ठाउँमा चार सोरुमको उद्घाटन

डिशहोम फाइबरनेट : काठमाडौँका विभिन्न ठाउँमा चार सोरुमको उद्घाटन

लोकसंवाद संवाददाता  |  कारोबार  |  फाल्गुन ९, २०७८

काठमाडौँ ।  नेपालभर इन्टरनेट सेवा विस्तार गरिरहेको डिशहोम फाइबरनेटले काठमाण्डौंमा एक दिनमा चार वटा सो रुम उद्घाटन गरेको छ ।

बुढानीलकण्ठ र बानियाटारमा रहेको एलेक्स् ईम्पेक्स्, बलम्बुमा रहेको बलम्बु टि.भि. हाउस र नक्सालमा रहेको बि. ईन्टरप्राईजेजको उद्घाटन छुट्टाछुट्टै कार्यक्रमका विच डिश मिडिया नेटवर्क लि.का विक्री महाप्रबन्धक रमेश सापकोटाले गर्नुभएको हो ।

सो कार्यक्रममा डिश मिडिया नेटवर्कका नेशनल सेल्स म्यानेजर मनोज शर्मा, रिजनल सेल्स म्यानेजर जस बहादुर गुरुङ, एरिया सेल्स म्यानेजर उज्जल न्यौपाने, सिनियर सेल्स अफिसर राम शिलाकार र मदन सापकोटा, सेल्स अफिसर रविन थापा र सागर जोशी तथा ब्रान्ड अफिसर दिनेश रतन र अनिल ठाकुरको उपस्थिति रहेको थियो । त्यस्तै सी. एम। ट्रेङ्गिङको  सेल्स म्यानेजर सुनिल बाबा भट्ट, सेल्स अफिसर विक्रम लामाको उपस्थिति रहेको थियो भने स्टोम नेटवर्क तर्फ बाट मंगल  गुरुङ,  र रमेश के।सी। उपस्थिति रहेको थियो    । 

एलेक्स ईम्पेक्सको संचालन रामकुमार श्रेष्ठ र केशव कोइराला, बलम्वु टि.भि. हाउसको संचालन प्रभात भट्टराई र बि. ईन्टरप्राईजेजको संचालन आकाश मानन्धरले गर्नेछन् ।
विगत लामो समयदेखि डिशहोमसँग सहकार्य गर्दै आउनुभएका डिशहोम डिलरदाईहरुले अव छुट्टै सो रुम मार्फत डिशहोम र डिशहोम फाइबर नेटको नयाँ कनेक्सन, रिचार्ज तथा फन्ड ट्रान्स्फर, सेट टप बक्स तथा राउटर एक्सचेन्ज, रिलोकेसन लगायत विक्रीपछिको सम्पूर्ण सेवाहरू नयाँ सो रुम मार्फत प्रदान गर्ने जानकारी सो रुम सञ्चालकहरूले दिएका छन् ।