सुन ताेलाको ९७ हजार पुग्याे

सुन ताेलाको ९७ हजार पुग्याे

लोकसंवाद संवाददाता  |  कारोबार  |  फाल्गुन १०, २०७८

नेपाली बजारमा सुनकाे भाउ मंगलबार तोलामा ८०० रुपैयाँले बढेको छ ।

नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ९७ हजार रुपैयाँ कायम भएको छ । सोमबार छापावाल सुन तोलाको ९६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार तेजावी सुनको भाउ तोलाको ९६ हजार ५०० रुपैयाँ निर्धारण भएको छ । 

यस्तै, चाँदीको मूल्य १५ रुपैयाँले बढेको छ । महासंघका अनुसार मंगलबार चाँदी ताेलाकाे १ हजार ३१५ रुपैयाँ निर्धारण भएको छ ।