डिशहोमद्वारा महेन्द्रनगरमा ‘डिलर दाइ' हरूलाई सम्मान

डिशहोमद्वारा महेन्द्रनगरमा ‘डिलर दाइ' हरूलाई सम्मान

लोकसंवाद संवाददाता  |  कारोबार  |  फाल्गुन १०, २०७८

क‌ंचनपुर ।महेन्द्रनगरमा डिशहोम , डिशहोम फाइबरनेटको माघ महिनामा बिक्री र बिक्रीपछि ग्राहकलाई उत्कृष्ट सेवा पुर्‍याउने  , महेन्द्रनगरका के.पी.इन्टरप्राइजेज, महेन्द्रनगरका बेताल मोबाइल ग्यालरी र  महेन्द्रनगरका मौभेरा मनि ट्रान्सफर लाई  उपहार र प्रमाण पत्र प्रदान गरिएको छ। महेन्द्रनगर  सर्भिस सेन्टरमा एक कार्यक्रम आयोजना गरेर उनीहरूलाई सम्मान गर्नुका साथै पुरस्कार वितरणसमेत गरिएको कम्पनीले जनाएको छ।

साथै बिक्रीपछिको उत्कृष्ट सेवा प्रदान गर्ने डिलर दाइहरूलाई कम्पनीका सेल्स म्यानेजर निर्मल आचार्य र सेल्स अफिसर कमल रिमालले प्रशंसा पत्रसहित सम्मान गरेका छन्। 
कार्यक्रममा  कैलाली  र कंचनपुरका डिस्ट्रिब्युटर, डिलर  दाइहरू र कम्पनीका क्षेत्रीय प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।  

डिशहोम फाइबरनेटले ग्राहकको आवश्यक अनुरूप आकर्षक र सहुलियत मूल्यमा  विभिन्न प्याकेजहरू ल्याएको जनाएको छ।

कम्पनीका अनुसार डिशहोम प्रयोग गरिरहेका ग्राहकलाई १० एमबीपीएस निःशुल्क इन्टरनेट सुविधादेखि ६०० एमबीपीएससम्मको प्याकेज उपलब्ध रहेको छ।