लोकगायक तथा कलाकार जयनन्द लामाकाे निधन

लोकगायक तथा कलाकार जयनन्द लामाकाे निधन

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  फाल्गुन ११, २०७८

वरिष्ठ लोकगायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ । कलाकार लामाकाे आज बिहान भक्तपुरस्थित कौशलटारमा निधन भएको परिवारजनले जानकारी दिएकाे छ ।

उनी सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका- २ धार्पाका स्थायी बासिन्दा हुन् । 

५ दशकअघि गायन यात्रा सुरु गरेका लामा ख्यातिप्राप्त लोकगायक, संकलक, अभिनेता, निर्माता तथा निर्देशक हुन् ।